दफा ३६
लेखा र लेखापरीक्षण
(१) केन्द्रको आय–व्ययको लेखा नेपाल सरकारले अपनाएको लेखा प्रणाली बमोजिम राखिनेछ ।
(२) केन्द्रको लेखापरीक्षण महालेखा परीक्षकबाट हुनेछ ।
(३) केन्द्रले तोकिए बमोजिम आन्तरिक नियन्त्रण प्रणाली राख्नु पर्नेछ ।
(४) नेपाल सरकारले चाहेमा केन्द्रको आय–व्ययको लेखा, तत्सम्बन्धी कागजात तथा नगदी, जिन्सी समेत जुनसुकै बखत जाँच्न वा जँचाउन सक्नेछ ।